• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभु क्यापिटलका ग्राहकलाई गुहेश्वरी डेन्टल मल्टिस्पेशालिटी एण्ड इम्प्लान्ट हबमा बम्पर छुट

प्रभु क्यापिटलका ग्राहकलाई गुहेश्वरी डेन्टल मल्टिस्पेशालिटी एण्ड इम्प्लान्ट हबमा बम्पर छुट

  • मङ्लबार, भदौ ५, २०८०
प्रभु क्यापिटलका ग्राहकलाई गुहेश्वरी डेन्टल मल्टिस्पेशालिटी एण्ड इम्प्लान्ट हबमा बम्पर छुट

प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको गुहेश्वरी डेन्टल मल्टिस्पेशालिटी एण्ड इम्प्लान्ट हब प्रा. लिमा आकर्षक छुट पाउने भएका छन् ।

उक्तm छुट सम्बन्धी सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र गुहेश्वरी डेन्टल मल्टिस्पेशालिटी एण्ड इम्प्लान्ट हबको तर्फबाट संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन । क्यापिटलका ग्राहकहरुले गुहेश्वरी डेन्टल मल्टिस्पेशालिटी एण्ड इम्प्लान्ट हब प्रा. लि.मा सेवा लिदाँ १५ प्रतिशत छुट पाउन सक्छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर गुहेश्वरी डेन्टल मल्टिस्पेशालिटी एण्ड इम्प्लान्ट हब प्रा. लिलाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् ।

ललितपुर, पुलचोकमा रहेको गुहेश्वरी डेन्टल अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार