• होमपेज
  • वाणिज्य बैंक
  • काठमाडौंमा खुले कुमारी बैंकका दुई नयाँ शाखा

काठमाडौंमा खुले कुमारी बैंकका दुई नयाँ शाखा

  • बिहिबार, साउन ११, २०८०
काठमाडौंमा खुले कुमारी बैंकका दुई नयाँ शाखा

कुमारी बैंक लिमिटेडले काठमाडौंको कुलेश्वर र धुम्बाराहीमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएकोे छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले शाखाहरु विस्तार गरेको बताएको छ ।

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना जारी विज्ञप्तिमा उल्लेख छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर ३०४ शाखा, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ सेवा दिइरहेको बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार