• होमपेज
  • वाणिज्य बैंक
  • सानिमा बैंकको नयाँ एटिएम धादिङको बुथ ताल्तीमा

सानिमा बैंकको नयाँ एटिएम धादिङको बुथ ताल्तीमा

  • शनिबार, साउन १३, २०८०
सानिमा बैंकको नयाँ एटिएम धादिङको बुथ ताल्तीमा

सानिमा बैंकले रोराङ गाउँपालिका, धादिङमा नयाँ एटिएम काउन्टर विस्तार गरेको छ ।  त्यहाँका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले  यहि साउन १० गते, बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित होक्जिन सिमेन्ट नारायणी उद्योगको परिसरमा एटिएम बुथको स्थापना गरेको बैंकले जनाएको छ ।

उक्त एटिएम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर छियाङ छाङ हङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बाग्मती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा गरिएको थियो ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर छियाङ छाङ हङले यस गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गर्नु भएकोमा बैंकलाई धन्यबाद दिए ।

त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटिएम स्थापना गर्न अवसर जुटाइदिने सम्पूर्ण सरोकारवालालाई धन्यबाद ज्ञापन गरिन् ।

एटिएमको भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरे । साथै, आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी गराए ।

Facebook Comments

सम्बन्धित समाचार