• होमपेज
  • वाणिज्य बैंक
  • सानिमा बैंकको सानिमा ५ इन १ खाता सेवा सञ्चालनमा

सानिमा बैंकको सानिमा ५ इन १ खाता सेवा सञ्चालनमा

  • शनिबार, साउन १३, २०८०
सानिमा बैंकको सानिमा ५ इन १ खाता सेवा सञ्चालनमा

सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा ५ इन १ खाता सेवा सार्वजनिक गरेको छ । सानिमा ५ इन १ खाता सेवा, सानिमा ३ इन १ खाताको परिष्कृत सेवा हो । यस अन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकहरुले बैंकको वेवसाइटमा उपलब्ध छ अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्ने शेयर ट्रेडिङ खाता सहजै खोल्न सक्ने बैंकले जनाएको छ ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो । सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार