• होमपेज
  • विकास बैंक
  • सांग्रिला बैंकद्धारा प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट सहयोग

सांग्रिला बैंकद्धारा प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट सहयोग

  • बुधबार, साउन ३, २०८०
सांग्रिला बैंकद्धारा प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरेको छ । बैंकले मालीगाँउ काठमाडौंस्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरी सहयोग गरेको हो ।

त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले उक्त ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरिएको छ । सो कार्यक्रमकाबीच उक्त ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गरेका थिए ।

यस किसिमको सहयोगले ट्राफिक प्रहरीहरुलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी प्रहरी निरीक्षक सागर घलेले आफ्नो विचार राखे ।

Facebook Comments

सम्बन्धित समाचार