• होमपेज
  • वाणिज्य बैंक
  • सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम भुक्तानी

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम भुक्तानी

  • बुधबार, असार २७, २०८०
सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम भुक्तानी

सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।

सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरिन् । स्वर्गीय भुमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब बचत खाता खोलेकी थिइन् ।

सानिमा बैंकले दिर्घायु बचत तलब खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा, ५० हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार