• होमपेज
  • वाणिज्य बैंक
  • सनसाइज बैंकका दुई शाखारहित बैंकिङ सेवा विस्तार

सनसाइज बैंकका दुई शाखारहित बैंकिङ सेवा विस्तार

  • बिहिबार, बैशाख २१, २०८०
सनसाइज बैंकका दुई शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्‍याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले कञ्चनपुरको कृष्णपुर र डडेल्धुराको अजयमेरूमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । वैशाख १५ गते शुक्रबार बैंकले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको कलुवापुर र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाको देवल दिव्यपुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

यी दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करमसिंह राना र देवल दिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताएको छ । बैंकका हाल १३९ शाखा, १३ एक्सटेन्सन काउन्टर, १६२ एटीएम र १०२ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने