• होमपेज
  • बीमा
  • रिलायन्स लाइफ इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम

  • बिहिबार, अशोज ६, २०७९
रिलायन्स लाइफ इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम

हाल देशमा महामारीको रुपमा फैलिएको डेंगु रोग फैलिरहेको छ। नेपाल सरकारले डेंगु रोगले नेपालभर १२ हजारभन्दा मानिसहरु यसबाट संक्रमित भइसकेका छन्।

अतः नेपालमा यही रोगका कारण रगत अभाव हुँदै गइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रिलायन्स लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्स लाइफले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुले रगत दिएका थिए। यसका साथसाथै विभिन्न मिडियाकर्मी र अन्य सर्वसाधरण समेतले यस रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए।

यो महामारीको समयमा रक्तदान कार्यक्रम आयोजना गरी रगत उपलब्ध गराउन सफल भएको र नेपाल रेडक्रस सोसाइटीको समेत भरपुर सहयोग भएकोमा रिलायन्स लाइफ इन्स्योरेन्सले धन्यवाद दिएको दिएको छ। ‘यस महान कार्यबाट धेरै बिरामीको ज्यान जानबाट सुरक्षित हुन मद्दत पुग्नेमा कम्पनी विश्वस्त छ’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले भने।

कार्यक्रममा १०० जनाभन्दा बढीको उपस्थिति भई रक्तदान गरिएको थियो।

रिलायन्स लाइफको हाल देशभर १२४ शाखाहरु छन् भने १ हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि