बुधवार नबिल बैङ्कले आफ्ना सबै ग्राहकहरूलाई सेयर लोनको पैसा तिर्न भनेर म्यासेज पठाएको छ | बैङ्कमा खाता मात्र भएर सेयर लोन नलिएता पनि उक्त म्यासेज आएको थियो | लोन नै नलिई म्यासेज आउनाले खातावालाहरू अचम्मित भएका छन् | म्यासेजमा सात दिन भित्र भनिएको रकम बैंकमा जम्मा गर्न भनिएको छ |
सेयर लोन नलिने लाई पनि म्यासेज जानुलाई बैङ्कले आफ्नो सिस्टममा त्रुटिका कारण भएको जनाएको छ | बैङ्कले एनसीएल नम्बरहरू सबैलाई म्यासेज गएछ पछि हामीले फेरी माफी मागेर म्यासेज पठाएका छौँ भन्यो | ‘सेयर लोन लिएका लाई मात्र पठाउनुपर्ने सबैलाई पठाएछन् गर्नुपर्ने काम त राम्ररी गर्नु नि !’ आइटि डिपार्टमेन्टलाई उद्धृत गर्दै बैङ्कका एक कर्मचारीले भने |
सिस्टममा कहिले कहीँ गल्ती त हुन्छ नै, तर यसलाई सामान्य गल्ती भएर नजरअन्दाज गर्न भने हुँदैन | यस किसिमको गल्तीले बैङ्क प्रतिको विश्वास घट्ने मात्र हैन बैङ्कको खर्च पनि बढाउँछ | समय समयमा बैङ्कमा हुने गरेको सिसा अडिट माथि पनि यस्तो किसिमको त्रुटिले प्रश्न उठाउँछ