• होमपेज
  • वाणिज्य बैंक
  • एभरेष्ट बैंकले गर्यो भिषा डेबिट कार्डको स्वरुप परिवर्तन

एभरेष्ट बैंकले गर्यो भिषा डेबिट कार्डको स्वरुप परिवर्तन

  • बिहिबार, भदौ २३, २०७९
एभरेष्ट बैंकले गर्यो भिषा डेबिट कार्डको स्वरुप परिवर्तन

एभरेष्ट बैंकले आफ्नो भिषा डेबिट कार्डलाई नयाँ स्वरुप दिएको छ । नयाँ स्वरुप भएको कार्ड कन्ट्याक्टलेश भएको बैंकले जनाएको छ ।

बैंकले नयाँ कार्डको अनावरण गरेसंगै दराजसंग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी  भएर आफ्ना भिषा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ । साथै बैंकको सो कार्ड मोको वालेटमा लिङ्क गरेर पनि कारोबार गर्न सकिने भएको छ । बैंकका उच्च पदस्थ अधिकारीको उपस्थितिमा सो नयाँ स्वरुपको कार्डको सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्ताहरुलाई विभिन्न सुविधा थपिँदै लगिने जनाकारी दिए ।

यस बैंकमा हालसम्म १२ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार