• होमपेज
  • रेमिटेन्स
  • सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरब स्थित टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरब स्थित टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण

  • मङ्लबार, भदौ ७, २०७९
सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरब स्थित टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरब स्थित टेलिमनी बैंक को संयुक्त आयोजनामा “नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस” अफर उपहार योजना नोभेम्बर १, २०२१ देखि ६ महिनाको लागि सन्चालन भएको थियो । सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाईल फोन , तीन जनाले १० ग्राम सुन , तीन जनाले ५००० नगद साउदी रियाल , तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो । ती सबै पुरस्कारहरु २ ÷ २ ÷ २ महिना गरी ६ महिना सम्म बिधुत्तिय लक्की ड्र मार्फत घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो ।

सोही योजना अनुरुप गत भदौ ३ गते साउदी स्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बिच बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । राम गोपालपुर , महोत्तरी निवासी हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद बिगत ६ बर्ष देखी साउदीमा काम गर्दै आइरहेका छन् । उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । नेपाली राज दुतावासका मिसन उपप्रमुख दिलिप कुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टण्डन ,Basem B. Madda – टेलिमनी केन्द्र प्रमुख , Abdulelah A. Bin Twalah– सेल्स म्यानेजर , जीतेन्द्र थपलिया ( टेलिमनी रेमिटान्स म्यानेजर र अन्य टेलिमनी बैंकका प्रतिनिधीहरुका साथ बम्पर उपहार विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार