• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैंकले ल्यायो नारी विशेष “एनएमबि स्मार्ट नारी बचत खाता”

एनएमबि बैंकले ल्यायो नारी विशेष “एनएमबि स्मार्ट नारी बचत खाता”

  • बिहिबार, भदौ २, २०७९
एनएमबि बैंकले ल्यायो नारी विशेष “एनएमबि स्मार्ट नारी बचत खाता”

एनएमबि बैंकले “एनएमबि स्मार्ट नारी बचत खाता” सञ्चालनमा ल्याएको छ । बैंकले नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना सहित यो योजना ल्याएको हो ।
महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल–स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५,००० सम्म क्यासब्याक पाउन सक्नेछन् । त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार