• होमपेज
  • वाणिज्य बैंक
  • सनराइज बैंकले सुरु गर्यो नेपाल पे क्यूआरको सेवा

सनराइज बैंकले सुरु गर्यो नेपाल पे क्यूआरको सेवा

  • मङ्लबार, साउन १७, २०७९
सनराइज बैंकले सुरु गर्यो नेपाल पे क्यूआरको सेवा

सनराइज बैंकले नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्यूआरलाई मोबाइल बैंकिङ्ग एप्लीकेसन सन्राइज स्मार्टमा एकीकृत गरेको छ ।

बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस प्रमुख कार्यकारी अधिकृत निलेस मान सिहं प्रधानले सयुक्त रुपमा यो सेवाको शुभारम्भ गरेका हुन् ।

बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपाल पे क्यूआर र्मचेन्टहरुमा सजिलै झुक्तानि गर्न सक्नेछन् । सन्राइज बैंकमार्फत क्यूआर भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायीहरुले यो सेवा प्राप्त गर्न सक्नेछन् ।

बैंकले हाल १५९ एटिएम, १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार