• होमपेज
  • विकास बैंक
  • ऋणपत्र जारी गर्दै महालक्ष्मी विकास बैंक, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

ऋणपत्र जारी गर्दै महालक्ष्मी विकास बैंक, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

  • सोमवार, साउन १६, २०७९
ऋणपत्र जारी गर्दै महालक्ष्मी विकास बैंक, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

महालक्ष्मी विकास बैंक लिमिटेडले प्रति ऋणपत्र जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य १ हजार रुपैयाँका दरले कुल १ अर्ब रुपैंया (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ऋणपत्र निष्काशनको लागि एनआइ सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सोमबार यस बैंकको केन्द्रिय कार्यालय दरवारमार्ग, काठमाण्डौमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि महालक्ष्मी विकास बैंक लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्ने जनाएको छ । उक्त ऋणपत्र मध्ये ६० करोड रुपैयाँ रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड रुपैयाँ बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार