• होमपेज
  • वाणिज्य बैंक
  • सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

  • शुक्रबार, साउन १३, २०७९
सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने बैंकले जनाएको छ । बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउने जनाएको छ ।

बैंकको मोबाइल बैंकिङ्ग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ । यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जाने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार