• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकास बैंकद्वारा २१ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा २१ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

  • बिहिबार, असार ३०, २०७९
कामना सेवा विकास बैंकद्वारा २१ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल आषाढ ३० गते बिहीबारबाट इलाम जिल्लाको रोङ गा.पा. वडा नं. ०६ को सलकपुरमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

रोङ गा.पा. वडा नं. ०६ सलकपुर स्थित अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. याम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०६ का वडा सदस्य धिरज राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा वडा नं. ०६ का अन्य जनप्रतिनिधिज्युहरु, व्यावसायिक प्रतिनिधि, स्थानीयहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार