• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंकका ग्राहकलाई नेपाल ल्याब हाउसमा २५ प्रतिशतसम्मको छुट

कुमारी बैंकका ग्राहकलाई नेपाल ल्याब हाउसमा २५ प्रतिशतसम्मको छुट

  • शनिबार, असार १८, २०७९
कुमारी बैंकका ग्राहकलाई नेपाल ल्याब हाउसमा २५ प्रतिशतसम्मको छुट

कुमारी बैंक लिमिटेडले नेपाल ल्याब हाउससँग सम्झौतागरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले यो व्यवस्था गरेको हो ।

सम्झौता–पत्रमा कुमारी बैंकका मार्केङ्ग प्रमुख नवीन मुनि बज्राचार्य तथा नेपाल ल्याब हाउसका तर्फबाट प्रबन्ध निर्देशक बिदुर प्रसाद वस्तीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता–पत्र अनुसार नेपाल ल्याब हाउसका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४६ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार