• होमपेज
  • वाणिज्य बैंक
  • कामना सेवा विकास बैंकद्वारा १६ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १६ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

  • आइतवार, असार १२, २०७९
कामना सेवा विकास बैंकद्वारा १६ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल आषाढ १० गते शुक्रबारबाट कैलाली जिल्लाको जानकी गाउापालिका वडा नं. ०५ को अमौरामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । अमौरा स्थित राम चौधरी तयारी पोसाक उद्योग (प्रो. राम चौधरी)  लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

वडा नं. ०५ का वडा अध्यक्ष भिम बहादुर चौधरीले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा नं. ०५ का अन्य जनप्रतिनिधिहरु, व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार