• होमपेज
  • वाणिज्य बैंक
  • मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीसँग साझेदारी

मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीसँग साझेदारी

  • आइतवार, असार ५, २०७९
मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीसँग साझेदारी

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तरगत कार्यक्रममा महानगरीय पहरी वृत्त मालीगाँउ सँग साझेदारीमा जनचेतना मुलक पर्ची, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, फेस मास्क ,प्रिन्टर आदि जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।

बैंकले प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार