• होमपेज
  • वाणिज्य बैंक
  • कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

  • आइतवार, असार ५, २०७९
कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

कृषि विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ । वित्तिय सेवामा किसानको पहुँच र प्रयोग बढाउने उद्देश्यले कृषि विकास बैंंक शाखा कार्यालय पाँचखालले बितिय साक्षरता कार्यक्रम सुरु  गरेको जानकारी दिएको हो।

नेपाल सरकार मार्फत कृषि बिकास बैंकसंग सम्झौता भएको आइएफएडीको आर्थिक साझेदारीमा आरपीएसएफ/एपीआएए परियोजना अन्तर्गत कृषि विकास बैंकले वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सुरु गरेको हो । विशेषगरी किसान एप र किसान क्रेडिट कार्डका माध्यमबाट कृषकको व्यवसायिक पहुँच वृद्धि गर्ने लक्ष्य कार्यक्रमको रहेको बैंकले जनाएको छ ।

वागमती प्रदेशका १३ मध्ये ८ जिल्लामा यस कार्यक्रम संचालन हुनेछ । जसमध्ये काभ्रे  जिल्ला को पाँचखाल नगरपालिका  वडा नं ०३ मा प्रतिषठा कृषि सहकारी संस्था र पाँचखाल नपा ७ मा किटिनी कृषि सहकारी संस्था तथा  मण्डनदेउपुर नगरपालिका -०७ मा   कालिदेबी महिला कृषक समुहमा  कार्यक्रम सञ्चालन गरिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार एउटा समुहमा २५ जनाका दरले  किसानहरु सहभागी हुने जनाएको छ । आपूर्ति शृंंखलामा संलग्न साना  किसानहरु, संकलक तथा प्रशोधनकर्ता, उद्यमीहरु, कम्तीमा ६० प्रतिशत महिला, ३० प्रतिशत युवा एवं दलित जनजाती लगायत पिछडिएका वर्गलाई लक्षित गरिएको सो कार्यक्रममा तीन वटा सहकारी गरि  ९ वटा समुहमा करिब  २२५ जना प्रत्यक्ष लाभान्वित हुने बैंकले जनाएको छ ।

उक्त कार्यक्रमसँगै सो परियोजनाले काभ्रे जिल्लाभर तरकारी तथा दुध उत्पादक र व्यापारी तथा सेवा प्रदायक संस्थाबीच व्यवसाय वृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रमका साथै किसानलाई डिजिटल प्रणालीको अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्नेगरि बैंकका प्रबन्धक बिकास पौडेल  तथा सहकारीका अध्यक्षबिच सम्झौता भएको छ । आगामी दिनहरुमा थप किसान लाभान्वित हुने गरि कार्यक्रम आउने  बैंकका आपूर्ति श्रृङखला सहजकर्ता नकुल ढुङेलले बताए ।

Facebook Comments

सम्बन्धित समाचार