• होमपेज
  • वाणिज्य बैंक
  • दमौलीमा बैंक अफ काठमाण्डूको क्युआर सेवाको औपचारिक शुरुवात

दमौलीमा बैंक अफ काठमाण्डूको क्युआर सेवाको औपचारिक शुरुवात

  • बुधबार, असार १, २०७९
दमौलीमा बैंक अफ काठमाण्डूको क्युआर सेवाको औपचारिक शुरुवात

बैंक अफ काठमाण्डू लिमिटेडले दमौलीमा क्युआर सेवाको औपचारिक शुरुवात गरेको छ । बैंकले तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको हो ।

एक औपचारीक कार्यक्रमका बिच तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीबाट संयूक्त रुपमा समुद्घाटन भएको हो बैंकले जनाएको छ ।

उक्त औपचारिक शुभारम्भ कार्यक्रममा तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाहीले यस समितिद्वारा संचालित पसलहरुमा क्युआर कोड सुविधा उपलब्ध गराई बैंकले भुक्तानी प्रणालीमा सहज बनाएर ब्यवसायीहरुलाई सहयोग गरेकोमा बैंकलाई धन्यबाद ज्ञापन गरे ।  साथै, बैंकको सक्रियताले उक्त मासु पसलका व्यवसायीहरुलाई ब्यवसाय बिस्तारमा बैंकले सहयोग गर्ने  अपेक्षा उक्त समितिले लिएको जानकारी दिए ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंकका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख ईश्वरी प्रसाद जोशीले मासु समिति र व्यवसायीलाई व्यवसायिक सहयोग गर्न बैंक सधै प्रतिबद्ध रहेको जानकारी दिए । साथै, स्थानीय स्तरका व्यवसायी समितिहरु संगको सहकार्यमा बैंकले अन्य स्थानमा पनि बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्न तत्पर रहेको जानकारी दिए ।

यस बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा