• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्टमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्टमा छुट

  • बिहिबार, बैशाख १५, २०७९
महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्टमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घर बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार