• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकास बैंकको नवौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकको नवौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

  • बिहिबार, बैशाख १५, २०७९
कामना सेवा विकास बैंकको नवौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेका छन् । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुयौउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल बैशाख १५ गते बिहीबारबाट सिराहा  जिल्लाको लक्ष्मीपुर पतारी गाउापालिका वडा नंं ०४ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

लक्ष्मीपुर पतारी गाउँपालिका वडा नंं ०४ स्थित बिना रेमिटेन्स (प्रो. बिना मण्डल)लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार