• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा छुट

  • बिहिबार, चैत्र २४, २०७८
महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले एक डेन्टलमा विशेष छुट पाउने भएका छन् । जसका लागि बैंकले काठमाडौंको धुम्बाराहीमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्स प्रालिसंग सम्झौता गरेको छ ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले सम्पूर्ण दन्त सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस बैंकले १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार