• होमपेज
  • बीमा
  • रिलायन्स लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

रिलायन्स लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • मङ्लबार, चैत्र १५, २०७८
रिलायन्स लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । बीमा अभिकर्ताको क्षमता अभिवृद्धिमा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा १५० जना सहभगीमध्ये उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बीमाको महत्व तथा सुबिधा बुझाएर मात्र बीमा गराउनु पर्ने कुरामा जोड दिए । साथै बीमाको पहुंच बढाउन अभिकर्ताको महत्वपुर्ण भुमिका रहेको समेत उनले बताए ।

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले बीमा अभिकर्ताको क्षमता अभिवृद्धिमा सरोकारवाला सबैले ध्यान दिनुपर्ने जनाए । गलत तरिका र बिश्लेषण बाट बीमा गराएमा सम्बन्धित सबैलाई समस्या हुनुको साथै सिगो व्यबसाय प्रति नकारात्मक असर पर्ने हुनाले अभिकर्ताले बीमा बारे भरपुर जानकारी लिएर मात्र बीमा गराउनुपर्ने बताए ।

उक्त कार्यक्रममा संस्थाका सेल्स हेड सन्दीप कसजु र सुर्य प्रकाश गुप्ताले सेलिङ टिप्सको सेसन संचालन गरेका थिए ।

गण्डकी र धवलागिरी क्षेत्रका राम्रो व्यवसाय गरेका अभिकर्तालाई लक्षित गरि बीमा अभिमुखीकरण कार्यक्रम सम्पन गरिएको संस्थाका क्षेत्रिय प्रबन्धक विनोद प्रसाद त्रिपाठीले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार