• होमपेज
  • देश
  • गृहमन्त्री खाँडलाई समेत छायामा पार्दै सहसचिव पोखरेलको दादागीरी

गृहमन्त्री खाँडलाई समेत छायामा पार्दै सहसचिव पोखरेलको दादागीरी

  • मङ्लबार, चैत्र १५, २०७८
गृहमन्त्री खाँडलाई समेत छायामा पार्दै सहसचिव पोखरेलको दादागीरी

गृह मन्त्रालयमा सह सचिव र प्रवक्ता फणिन्द्रमणी पोखरेल नेपाल प्रहरी र सशस्त्र प्रहरी भित्र निकै हाबी भएको समाचार । सशस्त्र प्रहरीका साधारण समुह ,लेखा उप समुह,स्वास्थ्य समुह,कानुन समुह,प्राबिधिक समुहका इन्स्पेक्टर,डिएसपीहरु भने लामो समयदेखि अन्यायमा परि पुर्परोमा हात लगाएर बसेको खबरप्रती सशस्त्र प्रहरी नेतृत्व र गृह मन्त्रालयको ध्यान जान सकेको छैन् । २०७८र१०र२१ गते १० दिने सूचना प्रकासित भएपनि  १ महिना १५ दिन समय गुज्रिदा सो समुहका इन्स्पेक्टर,डिएसपीहरु थप तनाबमा परेका छन् । बढुवा समितिको मिटिंग बसी टेबल समेत भैसकेको तर बढुवा सिफारिस भने अझै नभएकाले थप अन्योलसँगै निरासा छाएको छ । प्राबिधिक समुह तर्फ स्वास्थ्य र इन्जिनियरिंग हेर्ने प्रहरी कर्मचारीहरुको त हाल सम्म बढुवाको लागि सुचना समेत प्रकाशित भएको छैन् ।

केहि कर्मचारी १६ बर्षदेखि डिएसपीमै थन्किन परेको छ । सिसम ३ का डिएसपीहरुको ब्याथा पनि त्यस्तै पिडादायिक रहेको छ । संगठन प्रमुख आईजीपी शैलेन्द्र खनाल घर जाने दिन नजिकिँदै गर्दा संगठन थप भद्रगोल गराउन संगठन भित्रैका केहि प्रहरी अधिकारीहरु लागि परेको समाचार स्रोतले जनाएको छ । नेतृत्वलाई असक्षम,असफल सुचीमा दर्ज गराउन आन्तरिक,बाह्य रुपमा बिभिन्न गिरोह संचालन भइरहेको छ । संगठन भित्रकै केहि उच्च अधिकारीहरुको असहयोग भएकाले आईजीपी खनाल र गृह मन्त्रालयसंग राम्रो समन्वय हुन नसकेको खबरले हलचोकमा गरमागर्मी बढाएको छ ।

आफुहरु अन्यायमा परेको कतैबाट पनि संबोधन नभएको भन्दै  सी।सम ६ का इन्स्पेक्टरहरुले न्यायका लागि अदालत, राज्य ब्यवस्था समितिमा जाने तयारी भैइरहेको समाचार स्रोतले जनाएको छ । बढुवा समितिका सदस्य, गृह सचिब, गृह मन्त्रीका नाममा समेत सरोकार निकाय,मानव अधिकार आयोगमा उजुरी गर्ने तयारी गरिरहेको छ । आफ्नो अधिकार हनन गरेको भनि मानहानीको मुद्दा दायर गर्ने तयारीमा जुटेको एक बढुवा पिडित अधिकृतले बताए । ती अधिकारीका अनुसार ३ दिने सूचना प्रकाशित गरी आईजीपी खनाल सावले एसएसपी,एसपी,डिएसपी,इन्स्पेक्टरको बढुवा निकाली जानु पर्नेमा उहाँले गृह प्रशासनलाई रिझाउन नसकेको हो रु यावा समन्वय गर्न नसकेको हो प्रश्न चिन्ह खडा भएको छ । प्रधान कार्यालयमा कार्यरत एक जना उच्च प्रहरी अकिारीका अनुसार आईजीपीले सरुवा बढुवा गर्न नसक्नु को कारण संगठन भित्रैका केहि एआईजीदेखि इन्स्पेक्टर र आफ्ना नजिकका आसेपासे नातागोताका कर्मचारीहरुले मन्त्रालयका कर्मचारीहरु, सचिव, मन्त्रीलाई अनाबश्यक कुरा लगाएर भद्रगोल गराएको आरोप लगाएका छन् ।

उनीहरुकै झुटा पुलिन्दामा गृहले नजर अन्दाज गर्दा अहिले संगठन अनिर्णयको बन्दीमा फस्दै गैइरहेकोमा चिन्ता ब्यक्त गरे । नियमित सरुवा बढुवा २ वर्ष देखि हुन् नसकेको, संगठन प्रमुखलाई नीतिगत स्तरमा बस्ने कसैले पनि सहयोग नगरेको उनको भनाई थियो । सबैलाई पद चाहिएको छ । आईजीपी,एआईजी,डिआईजी चाहिएको छ । तल्लो दर्जाको महत्व गौण गराउने कार्य भएको छ । मनोबल गिर्ने कार्य भइरहेको छ । तलका कर्मचारीको हुनु पर्ने सरुवा, बढुवा तथा स्तर उन्नतीका तालिम,हौसला प्रदान गर्ने कार्य सुन्य जस्तै बन्दै गएको छ । सम्बन्धि कोहि कसैको पनि बेलफेरमा ध्यान नगएको छैन ।

वास्तवमा ब्यक्तीगत स्वार्थमा संगठन गाजिँएको अर्का एक पिडित प्रहरी अधिकारीले गुनासो पोखे । समग्रमा हालको गृह प्रशासनका कर्मचारीहरुले नेपाल प्रहरी,शसस्त्र प्रहरी प्रशासनलाई बढी हस्तक्षप गरेको देखिन्छ । एसपी सम्मको सरुवा बढुवा गर्न सक्ने अधिकार आईजीलाई भए पनि परिचर सम्मको काज निकाल्दा गृह देखि अन्य शक्ती केन्द्रलाई रिझाउनु पर्ने,सोध्नु पर्ने बाध्यता रहेकोमा सुरक्षा प्रशासनमा असन्तुष्टि छाएको छ । एक उच्च अधिकारीका अनुसार डिआईजी सम्मको बढुवा आईजीले गर्न पाउने ब्यबस्था नियमावली समाबेस नभए सम्म संगठनको विकास हुँदैन् ।

प्रहरीमा पनि अस्तब्यस्त
नेपाल प्रहरीभित्र सरुवा बढुवा सबै अवरुद्ध छ । सशस्त्र प्रहरी बलमा जस्तै अस्तब्यस्तको प्रभावले नेपाल प्रहरी भित्रभित्रै थलिएको चर्चा छ । प्रहरी कर्मचारीहरुको बढुवा,सरुवा लगायत बृती बिकासका कार्यक्रम तालुक मन्त्रालयको अबरोधले अन्योलता बढाएको छ । दंगा नियन्त्रण लगायत अति आबस्यक स्थानमा मात्र काज गर्ने कानुनी प्रचलन रहेपनि माथीको निर्देशन भन्दै बिभिन्न स्थानमा काजमै प्रहरी कर्मचारीहरुको अरनखटन गर्ने प्रचलन बस्न थालेको छ । प्रहरी महानिरीक्षक९आइजीपी० शैलेश थापा क्षेत्री र गृहमन्त्री बालकृष्ण खाणको द्वन्द्वले प्रहरी संगठन गतिहीन भएको सुरक्षा निकायसँग दरकार राख्नेहरुले खुलेरै बताउन थालेका छन् । जिल्ला जिल्लामा सरुवा हुनका लागि होस या कतै जिम्मेबारी लिने क्रममा होस, चलखेल तिब्र हुने गरेको छ ।

 सह सचिव पोखरेलको दब्दबा
गृह मन्त्रालयमा सह सचिव र प्रवक्ता फणिन्द्रमणी पोखरेल निकै हाबी भएको खबरले निरन्तरता छाएको छ । गृहमन्त्री बालकृष्ण खाँडलाई समेत छायामा राखी सहसचिव पोखरेल दादागीरी मच्चिएपछि बालुवाटारमा समेत खैलाबैला मच्चिएको छ । गृह सचिव टेकनारायण पाण्डे शिक्षा समुहको हो,उहाँलाई खासै गृहको जनकारी छैन् । म मात्रै अहिले गृहमा जानकार हुँ । तत्कालिन गृहमन्त्री बिजय कुमार गच्छदारलाई त मैलेनै अरनखटन गर्थे भन्दै उनले गृहमा रवाफ पेस गर्ने गरेको स्रोतले जनाएको छ ।

सामान्य सरुवा बढुवामा समेत मलाई जानकारी हुन पर्छ भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरुलाई निर्देशन दिने गरेको चर्चा समेत नक्साल र हलचोकमा खुलेआम सुन्न पाईन्छ । प्रशासन महाशाखा,गुनासो शाखा बाहेक अन्य शाखामा समेत उनको ब्यक्तीगत साचो बढेपछि गृहकै कर्मचारीहरु समेत आजित भएको गृहका एक कर्मचारीले बताए । आफै गुनासो हाल्न लाउने, आफै गुनासोको सुनुवाई गर्ने गरेपछि उनको नियत थप उदांगिएको हो । आफै धामी आफै झाक्री भन्ने प्रवृतीका बारेमा बालुवाटारमा समेत सुरक्षा र गृहका धेरै अधिकारीहरुले पटक पटक मौखिक उजुरी गरिरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार