• होमपेज
  • बीमा
  • एशियन लाइफद्धारा १६ लाख ६१ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफद्धारा १६ लाख ६१ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

  • शुक्रबार, चैत्र ११, २०७८
एशियन लाइफद्धारा १६ लाख ६१ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सप्तरीको शम्भूनाथ नगरपालिका वडा नम्बर १२ निवासी राजन कुमार साहलाई मृत्यु दाबी वापत १६ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

बीमित योगेश कुमार साह(१० वर्षिय)को आमाबाबु अमृता कुमारी साह र राजन कुमार साहलाई लहान शाखाका प्रबन्धक महेन्द्र प्रसाद सिंहले मृत्यु दाबी वापतको चेक संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । दाबी भुक्तानी वापतको रकम बीमितको घरदैलोमै पुगेर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार