• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आइएमई बैंकको नयाँ शाखा कार्यालय बागलुङको बलेवामा

ग्लोबल आइएमई बैंकको नयाँ शाखा कार्यालय बागलुङको बलेवामा

  • सोमवार, चैत्र ७, २०७८
ग्लोबल आइएमई बैंकको नयाँ शाखा कार्यालय बागलुङको बलेवामा

ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो ।

सोमबार बागलुङ जिल्लाको बागलुङ नगरपालिका – १४, बलेवानारायण स्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपालउद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्लाप्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका छन ।

यस्तै, एटीएम काउण्टरको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घाटन गरेका छन् ।

बैंकका अध्यक्ष ढकालले, सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आमजनतालाई बैंकिङ्ग सेवाप्रदान गर्दै आएको र बागलुङको वलेवा नारायस्थान शाखाले त्यहाँका स्थानीय वासिन्दा, किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यका साथ शाखा स्थापना गरिएको बैंकका अध्यक्ष ढकालले बताए ।

ग्लोबल आइएमई बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो । यसले शाखाले सोही क्षेत्रका ग्राहकलाई छिटो, छरितो एवं सरल बैंकिङ्ग सेवादिने उद्देश्यले एटीएम सेवा समेत शुरू गरेको छ ।

यसका साथै, बैंकले मधेश प्रदेकको पर्सा जिल्ला, वीरगजं महानगरपालिका बडा नं. १५, बाइपास रोडमा पनि आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

Facebook Comments

सम्बन्धित समाचार