• होमपेज
  • बीमा
  • सिटिजन लाइफ इन्स्योरेन्स र खल्तीबीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स र खल्तीबीच साझेदारी

  • बिहिबार, चैत्र ३, २०७८
सिटिजन लाइफ इन्स्योरेन्स र खल्तीबीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै “डिजिटल सिटिजन”अभियान शुरु गरेको छ । यस अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमा शुल्क भुक्तानीका लागि सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन”अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षहरुदेखि नै सञ्चालन गर्दै आएको थियो । त्यीस्तै, अनलाईन बीमा दाबी सेवा सञ्चालन गरेको छ ।

कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म आउनु पर्ने अवस्थालाई सहजब “डिजिटल सिटिजन”अभियान सञ्चालन गरेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार