• होमपेज
  • वाणिज्य बैंक
  • बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सम्झौता

बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सम्झौता

  • बुधबार, चैत्र २, २०७८
बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सम्झौता

बैंक अफ काठमाण्डूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ सेवाभन्दा बाहिर रहेका नागरिकहरुलाई बैंकिङ चेतना अभिवृद्धि गर्ने जनाएको छ। साथै, वित्तीय कारोबार गर्न त्यस्ता नागरिकहरुलाई प्रोत्साहन गर्दै बैंकिङ पहुँचमा ल्याउने लक्ष्य रहेको बैंकले जनाएको छ।

बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्दर्भ सामाग्री निर्माण गरी कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपालले तयारी गरिरहेको बताइएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालका प्रमुख डा. शुभ नाथ महतोले हस्ताक्षर गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार