• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैंकका ग्राहकलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा छुट

एनएमबि बैंकका ग्राहकलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा छुट

  • सोमवार, फाल्गुन १६, २०७८
एनएमबि बैंकका ग्राहकलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा छुट

एनएमबि बैंकका ग्राहकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट पाउने भएका छन् ।

हेल्थकेयर सेन्टरमा उपचारका लागि आउने ग्राहक तथा कर्मचारी विशेष छुट पाउनेछन् ।

सम्झौता अनुसार अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिइनेछ । अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षणहरु र शल्यक्रिया समेत छुट दिनेछ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार