नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैंयाँले वृद्धि गरेको हो।
यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ। अन्य इन्धनकाे मूल्य भने यथावत छ ।