• होमपेज
  • बीमा
  • अजोड ईन्स्योरेन्सको साधारण सभा सम्पन्न

अजोड ईन्स्योरेन्सको साधारण सभा सम्पन्न

  • शुक्रबार, फाल्गुन ६, २०७८
अजोड ईन्स्योरेन्सको साधारण सभा सम्पन्न

अजोड ईन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार  सम्पन्न भएको कम्पनीको साधारणसभामा विभिन्न प्रस्ताव पारित भएका छन् ।

कम्पनीले चालू आर्थिक वर्ष २०७८।०७९ को पुष मसान्तसम्म बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

थप २ शाखा ठमेल काठमाण्डौ, टोखा काठमाण्डौ र १ उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारणबाट भएको असरले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७७/०७८ मा कुल बीमा शुल्क १ खर्ब ३१ अर्व आर्जन गरेको छ ।

कम्पनीको खुद नाफा १० अर्ब २० करोड रुपैयाँ रहेको र बीमाकोषमा ११ अर्ब २१ करोड रुपैयाँ संचित रहेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ४८.९८ प्रतिशत खुद नाफामा ६० प्रतिशत, ३३ प्रतिशत एवं बीमाकोषमा ७९.८२ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार