• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकास बैंकले दोस्रो त्रैमाससम्म कमायो ३४ करोडभन्दा बढी नाफा

कामना सेवा विकास बैंकले दोस्रो त्रैमाससम्म कमायो ३४ करोडभन्दा बढी नाफा

  • मङ्लबार, माघ ४, २०७८
कामना सेवा विकास बैंकले दोस्रो त्रैमाससम्म कमायो ३४ करोडभन्दा बढी नाफा

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्नेमा कामना सेवा विकास बैंक पहिलो बनेको छ । कम्पनीले मंगलवार दोस्रो त्रैमाससम्मका वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षभन्दा यस वर्ष करिब १२ प्रतिशत घटेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म रू. ३९ करोड ४७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष सोही अवधिसम्म रू. ३४ करोड ३६ लाख ८१ हजार मात्र यो नाफा गरेको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन नाफा ४१ दशमलव ५१ प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू. ३४ करोड ६९ लाख ५६ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४९ करोड ९ लाख ७३ हजार यो नाफा गरेको हो । सञ्चालन नाफा बृद्धि भए पनि कम्पनीको गैर सञ्चालन आम्दानी कम भएकाले खुद नाफा घट्न पुगेको हो । गत वर्ष रू. २१ करोड २ लाख ५४ हजार रहेको गैर सञ्चालन आम्दानी यो वर्ष रू. ९२ लाख ९१ हजारमा सिमित भएको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको वितरणयोग्य मुनाफा पनि ६४ दशमलव ४१ प्रतिशत कम भएको छ । गत वर्ष रू. २७ करोड १९ लाख ५७ हजार रहेको वितरण योग्य मुनाफा यस वर्ष रू. ९ करोड ६७ लाख ९२ हजारमा सिमित भएको हो । यस वर्ष १८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब १४ करोड २५ लाख ७७ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष ४२ दशमलव ८५ प्रतिशत बढेको छ ।

गत वर्ष रू. ६५ करोड ८७ लाख ५५ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ९४ करोड १० लाख ३० हजार पुगेको हो । रिटेन्ड अर्निग भने गत वर्षभन्दा ८१ दशमलव ६५ प्रतिशत घटेको छ । गत वर्ष रू. ५२ करोड ७५ लाख २१ हजार रहेको रिटेन्ड अर्निग रकम यस वर्ष रू. ९ करोड ६७ लाख ९२ हजारमा झरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको निक्षेप संकलन ७ दशमलव ९९ प्रतिशत बृद्धि भएको छ भने कर्जा प्रवाह ११ दशमलव ५० प्रतिशत बढेको छ ।

गत वर्ष रू. ४४ अर्ब २० करोड ६ लाख ५ हजार निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष रू. ४७ अर्ब ७३ करोड २४ लाख ७८ हजार निक्षेप संकलन गरेको हो । त्यस्तै गत वर्ष रू. ३८ अर्ब ५८ करोड ५ लाख ५० हजार कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ४३ अर्ब १ करोड ५५ लाख ३७ हजार कर्जा प्रवाह गरेको हो । गत वर्ष यस अवधिमा १ दशमलव ५९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ७७ प्रतिशत कायम भएको छ । कम्पनीको दोस्रो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी रू. २१ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव ०२ छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा