• होमपेज
  • शेयर मार्केट
  • नेप्से झन्डै ५० अङ्कले बढ्यो, यी ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट

नेप्से झन्डै ५० अङ्कले बढ्यो, यी ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट

  • मङ्लबार, पुस २७, २०७८
नेप्से झन्डै ५० अङ्कले बढ्यो, यी ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि बढेको छ । हिजो सोमवार १९ अङ्कले बढेको नेप्से आज ४९ दशमलव १९ अङ्कले बढेर दुई हजार आठ सय ३४ दशमलव १३ विन्दुमा पुगेको छ ।

आज उत्पादनबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको शेयर बढेको छ ।

आज दुई सय ३२ वटा कम्पनीको एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज नारायणी विकास बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जीको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

Facebook Comments

सम्बन्धित समाचार