• होमपेज
  • शेयर मार्केट
  • साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २६.३१ % लाभांश पारित

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २६.३१ % लाभांश पारित

  • आइतवार, पुस १८, २०७८
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २६.३१ % लाभांश पारित

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई दिने लाभांश पारित गरेको छ । संस्थाको २० औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।

साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को आम्दानीबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सम्पन्न सभामा वित्तीय संस्थाका अध्यक्षले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वित्तीय संस्थाको जारी र चुक्तापुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७.६० पु¥याउने प्रस्ताव पारित गरेको छ ।

प्रतिवेदन अनुसार आ.व. २०७६/७७ को अन्त्यमा वित्तीय संस्थाको कुल सम्पत्ति २४ अर्ब ३८ करोड १० लाख रहेकोमा २०७७/७८ अन्त्यमा ७.१३ प्रतिशतले बृद्धि भई २६ अर्ब १२ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्रति शेयर आम्दानी ४८.९४, प्रति शेयर बुक नेटवर्थ २२५.२४, निष्कृय कर्जा ०.६९%, मूल्य आम्दानी अनुपात ३३.५१, र कुल पुँजी कोष १२.५८ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा वित्तीय संस्थामा लगानीमा बाँकी ऋण २४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि