• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैँकका ग्राहक र कर्मचारीलाई विशेष छुट

एनएमबि बैँकका ग्राहक र कर्मचारीलाई विशेष छुट

  • शुक्रबार, पुस १६, २०७८
एनएमबि बैँकका ग्राहक र कर्मचारीलाई विशेष छुट

एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई धुलिखेलस्थित होटल हिमालय दृश्यमा विशेष छुटको व्यवस्था गरिएको छ । एनएमबि बैँक र हिमालय दृश्य होटेल बीचको सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका थिए ।

अत्याधुनिक बैंकिङ्ग सुविधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागी होटलसँग सहकार्य गरेको हो । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउण्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार