• होमपेज
  • विकास बैंक
  • खेलकुद बिकासको लागि सांग्रिलाको सहयोग

खेलकुद बिकासको लागि सांग्रिलाको सहयोग

  • शुक्रबार, मंसिर २४, २०७८
खेलकुद बिकासको लागि सांग्रिलाको सहयोग

नेपाल ए.पी.एम. टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल ए.पी.एम खुल्ला टेबल टेनिस बारे यस प्रतियोगिता बारे सम्बन्धित सबैलाई जानकारी गराउदछौं । प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ ।

प्रतियोगिता पुष १ देखि ३ सम्म भैसीपाटि ललितपुर मा हुनेछ । प्रतियोगितामा सहभागि हुने खेलाडीको सख्या ३२० रहेको छ । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बिभागीय टोली संगै स्थानीय क्लबका पनि हुने छन् ।

अन्तमा टेबल टेनीस खेल बिकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनिय रहेको कुरा ए.पी.एम. टेबल टेनिस क्लबको प्रमुखले हार्दिक धन्यबाद तथा आभार ब्यक्त गर्नु भएको थियो । नेपालको खेलकुद बिकासको लागि साग्रिला डेभलपमेन्ट बैंकको सहयोग सुरुवातले नयां आयाम सृजना गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार