सांग्रिला डेभलपमेन्ट बैंकले आन्तरिक रेमिटेन्स सेवाका लागि ‘सांग्रिला रेमिट’ संचालनमा ल्याएको छ। पछिल्लो समय शाखा विस्तारमा समेत आक्रामक देखिएको सांग्रिलाले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाका लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको बताएको छ।
यस सेवाअन्तर्गत जुनसुकै नेपाली नागरिकले सांग्रिला बैंकको कुनै पनि शाखा वा एजेण्टमार्फत नेपालभर इच्छाएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्ने बताइएको छ।
बैंकले निकट भविष्यमा अन्तर्राष्ट्रिय विप्रेषण सेवा पनि छिट्टै संचालनमा ल्याउने विज्ञप्तिमार्फत जनाएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकका देशभर १०४ शाखा तथा ३१ एटिएम संचालनमा छन्।