• होमपेज
  • बीमा
  • आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट नयाँ स्वरुपमा, दैनिक ४ सय ५० वटा प्रश्न र त्यसको समाधान

आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट नयाँ स्वरुपमा, दैनिक ४ सय ५० वटा प्रश्न र त्यसको समाधान

  • आइतवार, मंसिर १९, २०७८
आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट नयाँ स्वरुपमा, दैनिक ४ सय ५० वटा प्रश्न र त्यसको समाधान

आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट नयाँ स्वरुपमा आएको छ। आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिला भन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता र अन्य सर्वसाधरणलाई दिने विश्वास कम्पनीको छ।

कम्पनीले एक वर्ष अघि यो सेवा ल्याएको थियो। कम्पनीका अनुसार एक वर्षमा प्रविधिमा आएको परिवर्तन र सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर थप सुविधासहित च्याटबोट ल्याइएको छ।

च्याटबोटमा आर्टिफिसियल इन्टिलिजेन्स र डिजिटल प्रविधि अपनाएर पमा समेत चल्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एक वर्षमा दैनिक ‍औसतमा ४ सय ५० जनाले च्याटबोट प्रयोग गरेको र हालसम्म करिब एक लाख ७० हजार वटा प्रश्नको जवाफ दिइएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ डाइरेक्टले भर्चुअल कार्यालयको रुपमा काम गर्न सफल भएको बताए।

Facebook Comments

सम्बन्धित समाचार