• होमपेज
  • विकास बैंक
  • नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित

  • शुक्रबार, मंसिर १७, २०७८
नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १७ गते सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो । भर्चुअल भएको सभामा शुक्रबार बैंक सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ११.२४ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ नाघेको छ । बैंकको ३५औं वार्षिक साधारणसभा काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा भएको हो ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार