• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा

  • मङ्लबार, मंसिर ७, २०७८
सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका मुर्कुटीमा ८६ औँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी  होति देवि वली लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा एटिएम र ११३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार