• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर

नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर

  • मङ्लबार, कार्तिक २३, २०७८
नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर

नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । दराजसँगको साझेदरीमा २५ गतेदेखि मंसिर ३  गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त अवसर शुरु हुन केहि दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सक्नुहुनेछ ।

बैंकले हाल १३५ शाखा,  १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार