• होमपेज
  • मनोरञ्जन
  • ‘अल्लारे मन’मा विपना र विकाशको रोमान्स ( भिडियो )

‘अल्लारे मन’मा विपना र विकाशको रोमान्स ( भिडियो )

  • सोमवार, कार्तिक २२, २०७८
‘अल्लारे मन’मा विपना र विकाशको रोमान्स ( भिडियो )

गायक प्रत्युष श्रेष्ठले आफ्नो डेब्यु म्युजिक भिडियो ‘अल्लारे मन’ सार्वजनिक गरेका छन्।

यस गीतमा स्वर, शब्द र संगीत स्वयम् श्रेष्ठको रहेको छ।  गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा विपना थापा र विकाश जोशी बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  साथै भिडियोमा एन्जिला रजक, रिजन श्रेष्ठ, पलिस्था श्रेष्ठ र आयुष श्रेष्ठको समेत भिडियोमा अभिनय रहेको छ।

जावेद खानले छायांकन गरेको भिडियोलाई उज्ज्वल जोशीले सम्पादन गरेका हुन्। छबि लाल तामाङ ( शिशिर ) को निर्देशनमा भिडियो तयार पारिएको हो।  ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

पेशाले न्युरोसर्जन रहेका श्रेष्ठ गीत संगीतमा निकै रुचि राख्छन्।  धनकुटा पहाडमा आफ्नो बाल्यकाल बिताएका श्रेष्ठले एमबिबिएसको तयारी गर्दै गर्दा यो गीतको सिर्जना गरेका थिए।  साथी भाई र परिवारको हौसलाले यो गीतलाई भिडियोको रुपमा प्रस्तुत गरेको उनि बताउछन्।  म्युजिक भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि