• होमपेज
  • मनोरञ्जन
  • राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड सम्पन्न, दुई बिधामा ‘तगारो’ सरिता र सुबासले पाए अवार्ड

राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड सम्पन्न, दुई बिधामा ‘तगारो’ सरिता र सुबासले पाए अवार्ड

  • आइतवार, कार्तिक ७, २०७८
राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड सम्पन्न, दुई बिधामा ‘तगारो’ सरिता र सुबासले पाए अवार्ड

पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड– २०७८ सम्पन्न भएको छ । पोखराको उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा ‘तगारो’ गीतबाट उत्कृष्ट सम्पादन (जुरी) सुबास अँगाई र सोही गीतबाट उत्कृष्ट अभिनय महिलामा सरिता दानकुटीले अवार्ड  हात पारेका छन् ।

तीज पर्वको अवसरमा बजारमा आएको तगारो गीत दर्शक श्रोताको निकै मन परेको गीत हो । अरु भन्दा फरक कथा बस्तुमा निमार्ण भएको भिडियोबाट दानकुटीले अवार्ड हात पारेकी हुन् । पोखरामै रहेर अभिनयको साथै नृत्यको क्षेत्रमा क्रियाशील दानकुटीले दर्जनौं गीतमा अभियन गरिसकेकी छन् भने केही गीतमा समेत नृत्य निर्दशकको भूमीका निभाएकी छन् । यो अवार्डसंगै थप जिम्मेवार र क्रियाशील  बनाएको दानकुटीको भनाई छ ।

उनले तगारो गीत मनपराएर भोट गर्ने, आफ्नो अभियनलाई अब्बल ठान्ने जुरी निर्णायक साथै सबै दर्शकलाई धन्यवाद समेत दिएकी छन् । सुबास अम्गाई पोखरामा बसेर करिब दशक बर्ष देखी पत्रकारीताका साथै भिडियो सम्पादन गर्दै आएका छन् । उनीले गत बर्ष नेश्नल पावर न्यूज म्यूजिक अवार्डबाट समेत उत्कृष्ठ भिडियो सम्पादनको अवार्ड प्राप्त गरेका थिए । उनी फलानो क्रियशनको संचालक समेत हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि