• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बैंक र एनटीसीबीच सम्झौता

नेपाल बैंक र एनटीसीबीच सम्झौता

  • शुक्रबार, अशोज २२, २०७८
नेपाल बैंक र एनटीसीबीच सम्झौता

चाडपर्वलाई लक्षित गर्दै नेपाल बैंकले दुईवटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ। नेपाल बैंकमा उक्त खाताहरु खोल्ने ग्राहकहरुलाई विभिन्न सुविधाका प्याकेजहरु दिने गरी असोज २० गते नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ।

सम्झौताअन्तर्गत नेपाल बैंकले विद्यार्थी र दम्पतीहरुलाई लक्षित गर्दै ल्याएको नयाँ बचत खाता ‘शुभज्ञान बचत’  खाता खोल्दा विद्यार्थीहरुलाई र ‘सहयात्री बचत’ खाता खोल्दा दम्पतीहरुलाई चारवटा बम्पर अफरहरु दिइने बैंकले जनाएको छ।

शून्य ब्यालेन्समा ‘शुभज्ञान बचत खाता’ र पाँच सय रुपैयाँ न्यूनतम ब्यालेन्समा ‘सहयात्री बचत खाता’ खोल्न सकिने बैंकले जनाएको छ। जसमा नेपाल टेलिकमको नि:शुल्क सिमकार्डका अतिरिक्त विभिन्न प्याकेजहरु उपलब्ध हुने बताइएको छ।

सम्झौतापछि नेपाल टेलिकमको नि:शुल्क सिम (विद्यार्थी र दम्पतीलाई), सिम एक्टिभेट भएको मितिले एक महिनासम्म हरेक दिन १० वटा एसएमएस, १०० एमबी डेटा र ४० मिनेट नेट भ्वाइस टक टाइम निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ।

यस्तै, नेपाल बैंकको मोबाइल बैकिङ एप चलाउँदा एक वर्षसम्म इन्टरनेट शुल्क नलाग्नेदेखि योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई नेपाल बैंकले थप एक महिनाको लागि एक जीबी डेटा निःशुल्क उपलब्ध गराउने बताइएको छ।

यी अफरहरु नेपाल बैंकमा खाता खोल्ने विद्यार्थी र दम्पतीहरुलाई मात्र लागू हुने छ। सम्झौतामा नेपाल टेलिकमका प्रमुख व्यापारिक अधिकृत प्रतिभा वैद्य र नेपाल बैंकका प्रमुख वित्तीय अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा