• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंकले घोषणा गर्यो १४ प्रतिशत लाभांश

माछापुच्छ्रे बैंकले घोषणा गर्यो १४ प्रतिशत लाभांश

  • बुधबार, अशोज ६, २०७८
माछापुच्छ्रे बैंकले घोषणा गर्यो १४ प्रतिशत लाभांश

माछापुच्छ्रे बैंक लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमा बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कूल १४ प्रतिशत लाभां वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुले पाउनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार