• होमपेज
  • वाणिज्य बैंक
  • नबिल दिगो बैंकिङ र नेपाल उद्योग परिसंघ – वूमन लिडरसिप फोरम बीच अन्तर्कि्रया कार्यक्रम

नबिल दिगो बैंकिङ र नेपाल उद्योग परिसंघ – वूमन लिडरसिप फोरम बीच अन्तर्कि्रया कार्यक्रम

  • बुधबार, अशोज ६, २०७८
नबिल दिगो बैंकिङ र नेपाल उद्योग परिसंघ – वूमन लिडरसिप फोरम बीच अन्तर्कि्रया कार्यक्रम

नबिल बैंक र नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तर्कि्रया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । CNI – WLF संयोजक छाया शर्मा, CNI – WL सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह समेत उपस्थित हुनु भएको उक्त कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको उपस्थिती थियो ।

कार्यक्रमको सुरुवात गर्दै CNI – WL संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्नुको साथै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोेस भन्ने कामना गर्नु भयो । साथै उहाँले वित्तिय पहुँच सँगसँगै वित्तिय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिनु भयो । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँ गाउँमा पु¥याएर त्यहा उद्यमीहरुको सिर्जना गरि दिगँे विकासमा टेवा पु¥याउने लक्ष्य लिएको बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै नबिल बैंकको संचालक समेत रहनु भएकी CNI – WLF सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पु¥याउन सहयोग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताउनु भयो ।

कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाको बारेमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाको बारेमा साना तथा मझौला कर्जा÷लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पार्नु भएको थियो । अन्तर्कि्रयाको दौरान विभिन्न महिला उद्यमीहरुले उठाउनु भएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा प्रवाह गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि