• होमपेज
  • वाणिज्य बैंक
  • बुढानिलकण्ठमा एभरेष्ट बैंकको १०५औं शाखा

बुढानिलकण्ठमा एभरेष्ट बैंकको १०५औं शाखा

  • बिहिबार, भदौ १०, २०७८
बुढानिलकण्ठमा एभरेष्ट बैंकको १०५औं शाखा

एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा आफ्नो १०५औं शाखा विस्तार गरेको छ ।

शाखाको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिकाका वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

सो अवसरमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमारले बुढानिलकण्ठका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार