• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता

नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता

  • बुधबार, साउन २७, २०७८
नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता

नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता भएको छ । बैंक र महासंघबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिबृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने उल्लेख गरेको छ ।

महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच र्पुयाउन सहज हुने बताए । बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरेकी छिन् ।

सम्झौता कार्यक्रममा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह र कोषाध्यक्ष सत्यनारायण प्रजापतिको उपस्थिति रहेको थियो । बैकको तर्फबाट अमित श्रेष्ठ, जनक भट्टराई, पुण्यप्रसाद खनियाँ र रूकमणी महर्जनको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार